

यसै विच केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा हिक्मत साउद, लाल वहादुर वोगटी, तेज वहादुर खड्का, पुर्ण वहादुर खड्का, विद्या घिमीरे देउवा र दिर्घ सिं हमाल रहेका छन् । यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा सुरज वम, कृष्ण वहादुर खड्का, राज वहादुर खड्का र गणेश वहादुर कठायत रहेका छन् ।
२५१ जना मदता संख्या भएको नेपाल निजामती कर्मचारी युनिय डोटीको निर्वाचनमा २२२ मत खसेको थियो । जम्मा खसेको मत मध्य १२० मत प्राप्त गरि अध्यक्षमा खड्का निर्वाचीत भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी यज्ञ वहादुर रावलले ८८ मत प्राप्त गरेको निर्वाचन समीतिले जानकारी दिएको छ ।
