Sujang

डोटीको सायलमा सात दिने मसला पाउडर बनाउने तालिम सम्पन्न

Ban

धन बोहरा ,माघ २६ गते ,डोटी :डोटीको सायल गाउँपालिकामा सञ्चालित ७ दिने मसला पाउडर बनाउने सिप विकास तालिम सम्पन्न भएको छ ।

सायल गाउँपालिकाको आयोजना र उद्योग वाणिज्य संघ तथा आपूर्ति मन्त्रालयको सहयोगमा गाउँपालिकाको वडा नम्बर-६ मा  सञ्चालन गरिएको तालिम शनिवार सम्पन्न भएको हो।
Krishi
वडाका महिलाहरूलाई व्यावसायिक बनाउन मसला पाउडर बनाउने तालिम प्रदान गरिएको छ। उक्त वडाका १५ जना महिलालाई  तालिममा समावेश गरिएको सायल गाउँपालिकाकी उद्यम विकास सहजकर्ता विमला सिंहले जानकारी दिए ।
तालिमको समापनको अवसरमा कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष धर्मराज जोशीले सहभागीहरूलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने सुझाव दिए। अध्यक्ष जोशीले घरमा आफ्नो आवश्यकता पूर्ति गर्न, फजुल खर्च बचाउन र बढी उत्पादन गरेर बिक्री गरी केही आम्दानी गर्ने उद्देश्यका साथ तालिम दिएको बताए ।
उहाँले समूहमा लगानी गरी  मसला पाउडर बनाउन सल्लाह दिनुहुँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तालिमले आफूहरूलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको सहभागीहरूले बताएका छन् ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.