Sujang

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट, प्रमुख स्वकीय सचिव वली लड्ने

असोज ,२३ गते -सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट चुनावी मैदानबाट बाहिरिएका छन् । एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको उनको निर्वाचन क्षेत्र डोटी (ख) प्रदेशबाट उनका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले टिक पाएका छन् ।

मुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्रबाट यसपटक शिवसिंह वली लड्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरी चौधरी उत्सवले जानकारी दिए ।

अहिले निर्वाचन लड्ने वली मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव हुन्।

ओली डोटी इन्चार्ज पनि हुन् ।अघिल्लो निर्वाचनमा पनि ओलीको प्रदेश सभामा दाबी थियो ।

त्यहाँ कांग्रेका योगेन्द्र बहादुर शाहीलाई हराउदै भट्ट बिजयी भएका थिए । ५ वर्ष सम्म मुख्य मन्त्री भएका भट्टले अहिले फेरि प्रदेश सभामा दाबी गरेका थिए ।

एउटै मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा गठबन्धनवाट प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीवाट प्रेम बहादुर आले, प्रदेश `क´मा कांग्रेसबाट जिल्ला पार्टी सभापति नरेन्द्र बहादुर सिंह र प्रदेश `खमा माओवादी केन्द्रबाट वलीले टिकट पाएका हुन् ।

 

उता मुख्यमन्त्री भट्टका अर्का स्वकिय सचिव प्रेम बहादुर कुँवर प्रख्यात´र नेकपा माओवादी केन्द्र डोटीका सह इन्चार्ज मीन बहादुर घर्तीमगर `बिश्व ´ले सयुत्त रूपमा प्रेस बिज्ञप्ति निकाल्दै  षड्यन्त्र तरिकाले बितरण गरेको टिकटमा घाेर आपत्ति जनाएका छन् । बिज्ञप्तिमा भनीएको छ ,´हामी दुबै जनाले मुख्यमन्त्री भट्टलाई नै छाेड्ने सहमति गरेका हौं । अहिले आएर नियोजित तरिकाले वितरण गरेको टिकटको घोर बिरोध गर्दै सामुहिक रूपमा अस्विकार गर्दछौं ।´

Salmuni
Leave A Reply

Your email address will not be published.