Sujang

कृषि प्रविधि प्रचार सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न

Ban

माघ १५, डोटी : कृषि ज्ञान केन्द्र डोटीले कृषि प्रविधि प्रचार सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।

Posan

मङ्गलवार ज्ञान केन्द्रको सभा हलमा कृषि कार्यक्रम तथा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको हो ।

ज्ञान केन्द्रले जिल्लामा गरिरहेका काम, कृषिमा भित्रिएका प्रविधि, आगामी योजना तथा समस्या चुनौती  लगायतको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ज्ञान केन्द्रले बताएको छ ।

कार्यालयका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले कार्यक्रममा ज्ञान केन्द्रले गत वर्ष भए गरेका कार्यहरू, चालु वर्षमा सञ्चालनमा रहेका कार्य, कृषि प्रविधि र आगामी योजनाको बारेमा जानकारी गराएका थिए ।

उनले गुरु किसान परिचालन कार्यक्रम, खेत तथा आली वर्षमा कम्तीमा तीन बाली, चरिखाने हैन गरिखाने किसानलाई प्रोत्साहन जस्ता केही महत्त्वपूर्ण कार्यक्रम अगाडी बढाइएको बताए । किसानहरूलाई तालिम दिने र तालिम लिएका किसानलाई अन्य किसानको बारी पठाउने, धान र गहुँको खेती गर्ने समयको बिचमा अन्य केही बाली लगाउने, अनुदान मात्रै माग्नेलाई भन्दा वास्तवमै कृषि गर्ने किसानलाई सहयोग गर्ने र मल्चिङ प्रविधि जस्ता नयाँ प्रविधि भित्र्याएर जिल्लाको कृषि क्षेत्रलाई थप विस्तार गर्ने योजना रहेकाले यसमा सबैले सहयोग गर्नुपर्ने अवस्थीले बताए।

दक्ष जनशक्तिको व्यवस्था, कृषिमा ठुलो मात्रामा लगानी र लगनशील किसनाहरु भएमा कृषि क्षेत्रको विकास हुने बताए । आफू जहिले पनि मिडिया मैत्री भएर काम गरिएको समेत उनले बताए । कार्यक्रममा उठेका सुझाव सल्लाह जिज्ञासालाई आगामी दिनमा अगाडि वढाउदै जाने उनले बताए । ‘समृद्ध डोटी, सुखारी डोटी’ नारा लिएर ज्ञान केन्द्रले जिल्लामा विभिन्न कार्यक्रम अगाडी बढाउने योजना बनाएको अवस्थीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बाँझो जमिनलाई प्रयोगमा ल्याउन सके कृषिमा क्रान्ति गर्न सकिने बताए ।

Krishi

अबको समय कृषि क्रान्तिको समय भएकाले बाँझो जमिन राखेमा कारबाही गर्न सकिने खालको व्यवस्था गर्न तर्फ सरोकारवालाको ध्यान जानुपर्ने प्रमुख सिंहको भनाई रहेकोे छ ।  कार्यक्रम मार्फत स्थानीय तहहरूलाई कृषिमा पर्याप्त बजेको व्यवस्था गर्न उनले अनुरोध  गरे । किसानले उत्पादन गर्ने कृषि उपज अब विषादी रहित हुनुपर्नेमा जोड दिए । कृषि क्षेत्र अझै अगाडी वढाउन मिडिया क्षेत्रको पनि महत्त्वपूर्ण भुमिका रहने सिंहले बताए ।

डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पालिका स्तरमा सरोकारवालाबिच समन्वयात्मक कार्यक्रम आवश्यक रहेको बताए ।

समन्वयात्मक कार्यक्रमले एक अर्को पालिकामा भएका राम्रा कुराहरूको आदानप्रदान हुने हुँदा यस्तो कार्यक्रम प्रभावकारी हुने प्रजिअ जोशीले बताए । जोशीले ज्ञान केन्द्रले सञ्चालन गरेका अगुवा किसान कार्यक्रम, कृषि पाठशाला लगायतका कार्यक्रमको प्रशंसा समेत गरेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले कृषि ज्ञान केन्द्रले कृषि क्षेत्रमा गरिरहेको नविनतम कार्य उदाहरणिय रहेको बताए ।अहिले पनि बजारीकरणको समस्या ,कृषकले उत्पादन गरेको सामानको मुल्य नपाउने गरेको लगायतका समस्या सामाधान तर्फ सबैले जोड दिनुपर्ने बताए । माटाे मैत्री बाली र पकेट एरिया बनाएर खेती गर्दा अझै प्रभावकारी हुने अध्यक्ष बमले बताए । रैथाने वाली उत्पादन र जिल्लामा सम्भावना बोकेका वास्तमी धान, सायलको आलु ,सुन्तला ,मह, अदुवा लगायतलाई विशेष प्राथमिकता दिएर अगाडी वढ्नु उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, जिल्ला अनुसन्धान कार्यालयका प्रमुख, पत्रकार महासंघका अध्यक्ष , सञ्चारकर्मी,  अगुवा किसान लगायतको सहभागिता रहेको थियो ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.