Sujang

जिल्ला स्तरीय सरोकारवालाहरू बिच समन्वयात्मक बैठक सम्पन्न

Ban

इन्द्र शाही ,माघ १३ गते ,डोटी : डोटीमा जिल्ला स्तरीय सरोकारवालाहरू बिच गरिएको समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

गैर सरकारी संस्था महासङ्घ डोटीको आयोजनामा आइतबार जिल्ला प्रशासन कार्यालय डोटीको सभा हलमा समन्वयात्मक बैठक गरिएको हो ।

जिल्ला स्थित सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुले  बैठकमा संस्था तथा कार्यालय गरिरहेका गतिविधि लगायतका बारेमा तयार गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको आग्रहमा गैर सरकारी संस्था महासङ्घ डोटीले बैठकको आयोजना गरेको हो । प्रजिअ जोशीले जिल्लामा क्रियाशील संस्थाहरूको बारेमा बेखबर जस्तै हुनुपरेपछि यस्तो बैठक बस्नुपरेको बताए । जिल्ला प्रशासनमा कार्यालयमा दर्ता भएका संस्थाहरूको कामको बारेमा प्रशासनलाई नै जानकारी नहुने परिपाटीको अन्त्य गर्न र संस्थाका कार्यहरू समुदायप्रति बढी फलदायी बनाउन यस्तो बैठक सफल हुने उनको भनाइ छ । जोशीले कुनै पनि कार्यक्रम सञ्चालन गर्दा सरोकारवालासँगको समन्वयमा मात्रै अगाडी बढाउन आग्रह गरेका छन् ।

समुदायको माग तथा आवश्यकता आधारमा कार्यक्रम गरे प्रभावकारी हुनेमा उनले जोड दिए। आगामी दिने संस्थाले लक्ष्य उदेश्य अनुरुप कार्य गरेको छ या छैन भन्ने बारेमा समेत अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

बाल विवाह ,बहुविवाह , लागुऔसध दुर्ब्यसनी ,हिंसा लगायतलाई  न्यूनीकरण गर्न सबैले हातेमालो गरेर अगाडी वढ्नु पर्ने जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद शर्माले बताए ।

कार्यक्रम बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बमले पछिल्लो समय नियमित रूपमा भइरहेकोे छलफल ,बहस र समन्वयात्म बैठक सकारात्मक भएको बताए । संघ सस्था तथा कार्यलयले मिडिया मैत्री हुन सके धेरैको समाधान हुनेमा उनले जोड दिए । जिल्लामा संचालित कार्यक्रम एकै ठाउँमा एकै किसिमका भएका डुव्लिकेशन हुने गरेको बताए । सरकारले लाखौं रकम लगायर हलियाका नाम बनाएका घरहरु खण्डर परिणत भएकोले सम्बन्धि निकायको ध्यानजान जरुरी रहेको अध्यक्ष बमले बताए ।

गैर सरकारी संस्था महासङ्घ डोटीका अध्यक्ष लालबहादुर विकले बैठकमा उठेका प्रश्न,जिज्ञासा सल्लाह र सुझावलाई आत्मसात गरेर आगामी दिन अगाडी वढ्ने बताए ।  गैरसरकारी संस्थाले बैठकको निरन्तरताको लागि आवश्यक कार्य गर्ने अध्यक्ष बिकले बताए  ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.