Sujang

हिमालय लाइफ इन्स्योरेन्सद्वारा ज्याकेट वितरण

Ban

लक्ष्मी विक,माघ ११ गते ,डोटी : हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडले ज्याकेट वितरण गरेको छ।

हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड उप शाखा डडेल्धुराले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत गरिब असहाय अपाङ्गता दुखी विपन्न व्यक्तिहरूलाई ज्याकेट वितरण गरेको हो ।

Krishi

शुक्रवार  सिलगढीमा रहेको पूज्य धर्मान्तक वृद्धा आश्रममा रहेका वृद्धहरूलाई ज्याकेट हिमालय लाइफ इन्स्योरेन्स उप प्रादेशिक कार्यालय प्रमुख  टेकराज आचार्य र दिपायल शाखा प्रमुख शिवनाथ गुप्ता ‘तेली’ले वितरण गरेका हुन् ।

हिमालय लाइफ इन्स्योरेन्सले विभिन्न ठाउँ भेटिएका असहाय अशक्त वृद्ध ज्येष्ठ नागरिकलाई वितरण गरेको प्रमुख आचार्यले जानकारी दिए ।

अछाममा पनि वितरण गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जिल्लाका एक सय जनालाई वितरण गर्ने आचार्यले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.