Sujang

बडिमालिका ,खप्तड र रामारोशनकाे पर्यटन प्रवर्द्धन गर्न ‘हेलि टुर’

Ban

माघ ११ गते ,डोटी :सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न लागि  ‘हेली टुर’ सुरु गरिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेयले शुक्रबार (आज) हेलिटुर र महोत्सवको उद्घाटन गर्ने भएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा हेलिटुर बाट धार्मिक पर्यटकीय स्थलको अवलोकन गराउन लागेको याे चौथो पटक हो ।

खप्तड होमस्टे झिग्राना र खप्तड एड्भन्चर टुर्सकाे व्यवस्थापन र साताै साँफेबगर महोत्सव २०८१ को अवसरमा  लायन्स क्लब अफ साफेबगरकाे आयाेनामा फागुन ११ देखि  पर्यटकको चापलाई मध्यनजर गरेर  अगाडि बढाइने छ ।

Krishi

खप्तड होमस्टे झिग्राना र खप्तड एड्भन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काका अनुसार विगतका बर्सहरू जस्तै यस वर्ष पनि हिउँदे सिजनमा पर्यटक भित्र्याउन लागिएको हो । प्राय जसो हिमपातका सिजनमा पर्यटकको आगमन शून्य जस्तै  हुने भएकाले यश क्षेत्रमा पर्यटकको चहलपहल बढाउन खोजिएको खड्काले बताए  ।

महोत्सवको मुख्य आकर्षकको रूपमा हेली टुर रहने महोत्सव मूल आयोजक समितिका स‌ंयोजक कृष्ण कुँवरले जानकारी दिए।

अछाम र बाजुरा जिल्लामा अवस्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू बडिमालिका, खप्तड, रामा रोशन र वैद्यनाथ क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न हेली टुर सञ्चालन गर्ने निर्णय भएको कुँवरले बताए।

 

उनका अनुसार महोत्सव अवधिमा साँफेबगरदेखि खप्तड, बडिमालिका र रामा रोशन क्षेत्रमा हेलीकोप्टबाट दर्शन तथा अवलोकन गर्न सकिने तयारी आयोजकले गरेको छ । साँफेबगरबाट खप्तड  प्रतिव्यक्ति २२ हजार र बडिमालिका  र रामा रोशन  मा प्रतिव्यक्ति २५ हजार रुपैयाँ तिरेर दर्शन तथा अवलोकन गर्न सकिने निर्णय भएको महोत्सव आयोजक समितिका प्रवक्ता महेश कुँवरले जानकारी दिए।

हेलिटुरमा दुई सय पर्यटकले भ्रमण गर्ने लक्ष राखिएको खड्काले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.