Sujang

दिल्पेश्वर भलिबल लिग -२ सुरु

माघ १०,दिपायल : दिल्पेश्वर स्पाेर्टस् क्लब दिपायलको आयोजनामा  ‘दिल्पेश्वर भलिबल लिग -२ ‘ तथा सांस्कृतिक मेला एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

बिहीबार दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्काले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले खेलकुद क्षेत्रले गाउँ ,ठाउँ ,जिल्ला र देश चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । भलिबल लिगले खेलाडीहरूको पहिचान र नयाँ खेलाडी उत्पादनमा विशेष भूमिका खेल्ने उनले बताए । खेलाडीहरूलाई खेल्नको सुविधायुक्त खेलमैदान निर्माण गर्न पहल भइरहेको उनले बताए ।

उक्त कार्यक्रम पूर्वी गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्याय, दिसिनपा उप प्रमुख कलावती महर साउँद, आदर्श गाउँपालिका कार्यवाहक अध्यक्ष लक्ष्मी रोकाय धामीले खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए । वाटाेघाट मात्र विकास नभएर शिक्षा स्वास्थ्य खेलकुदमा पनि प्रगति हुनु पनि विकास भएको बताए ।

उक्त कार्यक्रम हुड्केली ,पुतला नाच, भुवा, नृत्य समेत प्रदर्शन गरिएको थियो ।

 

कार्यक्रममा चर्चित देउडा गायक भुवन दाहाल ,गोपाल सूचिकार,भीम बहादुर बोगटीले प्रस्तुति राखेका थिए ।

क्लब कार्यवाहक अध्यक्ष रामभक्त सुनार अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि,सरकारी तथा गैरसरकारी संघ संस्था प्रमुख , सुरक्षा निकायका प्रमुख राजनीति दल, पत्रकार ,विद्यालय प्रअ, शिक्षक खेलाडी लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन गजलकार अम्मर खड्काले गरेका थिए ।

उक्त प्रतियोगितामा लालीगुराँस युवा क्लब कलेना, नवदुर्गा गाउँपालिका डडेलधुरा, ओआईसि कन्स्ट्रक्सन डोटी, आयोजक ए र बि, के आई सिंह ५,प्रहरी तालिम केन्द्र दिपायल,रोयल राजपुर,सहनशील समैजी युवा क्लब डडेलधुरा,दिपायल सिलगढी नगरपालिका डोटी,गडपानी रोयल राजपुर र पुर्वीचौकि गाउँपालिका गरी १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.