Sujang

आगलागी पीडितलाई वडिकेदार गाउँपालिकाद्वारा राहत हस्तान्तरण

एकेन्द्र चन्द,डोटी: डोटीको बडिकेदार गाउँपालिका -३ वस्सेनीमा भएको आगलागी पीडित परिवारलाई बडिकेदार गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।

पालिकाले  मंगलवार साझ आगो ताप्ने क्रममा घरमा आगलागी भएको सरिता घर्तीमगरको परिवारलाई राहत प्रदान गरेको हो ।

पालिकाले तत्काल खाद्यान्न, बलान्केट, त्रिपाल आवस्यक कपडा , भाडाब्रतन लगायत करिब २८ हजार बराबरको राहत सामग्री अग्नि पीडित परिवारलाई सहयोग गरेको गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेलले बताइन् ।

अहिले तत्काल थोरै भए पनि सहयोग पुगोस् भनेर राहत प्रदान गरेका छौ आगामी दिनमा पालिकाले थप सहयोग गर्ने  बडिकेदार गाउँपालिका विपत् व्यवस्थापन फोकल प्रसन चक्र कलेलले बताए । प्रहरी मुचुल्का अनुसार आगलागीबाट २ लाख बराबरको क्षति भएको थियो ।

घरमा भएको सबै सामान जलेर नष्ट भयो अब के खाने कसरी परिवार पाल्ने भन्ने निक्कै चिन्ता लागेको छ। पालिकाले तत्काल राहत उपलब्ध गराएको र यसले केही राहात भए पनि आउदा दिनमा समस्या हुने हुँदा सहयोग गरिदिन पीडित महिला सरिता घर्तीमगरले आग्रह गर्नुभएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.