
माघ १०, डाेटी:नेकपा माओवादी निकट बिद्यार्थी संगठन अनेरास्वबियु क्रान्तिकारीकाे केन्द्रीय सचिव पदका लागि डाेटीका प्रकाश जाेशीले पनि उम्मेदवारी दिएका छन् ।
संगठनकाे केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरू चयनका लागि हुने निर्वाचनमा प्रकाशले बुधवार खुला सचिवमा उम्मेवारी दर्ता गराएका हुन् ।
काे हुन् प्रकाश ?
डाेटीकाे केअाइ सिंह गाउँपालिका-६, फलेडीका प्रकाशले २०६९ सालमा अखिल (क्रान्तिकारी ) को राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । गाउकै देबस्थल माबि कमिटी अध्यक्षबाट औपचारिक सुरुवात गरेका प्रकाशले २०७० सालको संबिधानसभाकाे निर्वाचनमा सक्रियतापूर्वक माअाेवादीकाे पक्षमा लागे । २०७१ सालमा क्रान्तिकारीकाे दिल्पेश्वर उच्च माबि कमिटी अध्यक्ष भएका प्रकाश साेही बर्ष भएकाे संगठनकाे ५औं जिल्ला सम्मेलनबाट जिल्ला कमिटी सदस्य निर्वाचित भए ।
त्यसयता संगठनमा नियमित काम गर्दै अाएका उनी २०७३ सालमा भएको डोटी बहुमुखी क्याम्पसकाे स्वबियु निर्वाचनमा सहसचिव निर्वाचित भए । माओवादी र एमालेबीच एकता भै नेकपा हुँदा अनेरास्वबियुकाे कार्यालय सदस्य भएका प्रकाशले तत्कालीन प्रधानमन्त्री केपि ओलीले संसद बिघटन गरेपछि भएकाे आन्दोलनका क्रममा संगठनकाे सह संयोजकको जिम्मेवारी पाएका थिए ।
२०७७ फागुन २३ गते अदालतले एमाले माओवादी अलग अलग हुने निर्णय गरेपछि प्रकाश अखिल ( क्रान्तिकारी) को जिल्ला संयोजक भए । त्यसपछि उनी आन्दोलन चर्काउनेसंगै संगठानिक गतिविधि र रचनात्मक क्रियाकलापमा थप सक्रिय भए । जिल्लाका सबै क्याम्पस, बिधद्यालमा इकाई कमिटी गठन गर्दै स्थानीय तहका सम्मेलन गर्दै ७ औं जिल्ला सम्मेलन भब्यरुपम सम्पन गरे । सम्मेलनले उनैलाइ जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वचित गरेकाे थियाे ।
उनी अध्यक्ष भएपछि संगठनले थप गति लियाे। जिल्लाब्यपी संगठन बिस्तार भयो । सबै मा.बि., क्याम्पसमा कमिटी गठन र सम्मेलन भए । सबै स्थानय तहमा संगठनका सम्मेलन भए। शैक्षिक सुधारका लागि बिभिन्न अान्दाेलन र अन्तरक्रियाहरू भए ।
संगठनकाे ८ औं जिल्ला सम्मेलन भब्य रुपमा सम्पन्न उनी अाफ्नाे राजनीतिक यात्रालाइ अगाडि बढाउँदै संगठनकाे केन्द्रीय सदस्य भए ।
केन्द्रीय सचिवमा उम्मेदवारी दिएका उनी संगठनलाई चलायमान बनाउन अाफुले उम्मेदवारी दिएकाे वताउँछन् । उनी भन्छन् “मजबुत, लोकप्रिय र क्रान्तिकारी संगठन निर्माण गर्न, शिक्षामा भएको ब्यापारीकरण र दुई प्रकारको शिक्षा प्रणालिको अन्त्य गर्न मैले सचिवमा उम्मेदवारी दिएकाे हुँ।”
बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा रहेका बिद्यालय विश्व बिद्यालयहरुका शिक्षालाई ब्यसायिक शिक्षा प्रादान गर्न पहलकदमी लिने प्रकाशकाे दावी छ।
सबै खाले राजनीतिक अपराध र अराजकता को सशक्त प्रतिबाद गर्न, सडकबाट संगठन निर्माण गर्न लगाएतका तममौ विद्यार्थी शैक्षिक मुद्दा र आम जनताका जनजीवनका सवालमा आवाज बुलन्द गर्न र राष्ट्रियता स्वाधिनता र बिकास , सुसासन समृद्धि लगाएत तमामौ मुद्दालिएर खुला केन्द्रीय सचिवका उम्मेदवार रहेका छन् ।