
माघ ७ गते,डोटी : सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ हेड क्वाटर डोटीले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइ रहेकोे छ ।
मंगलबार विहान जिल्ला अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
त्यस्तै दिवसका अवसरमा नेपाल रेकक्रसको सहयोगमा सिलगढीमा रक्तदान कार्यक्रम समेत गरेको छ ।
दिवसका अवसरमा सिलगढीमा रहेको सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्र(सेफ हाउसमा) खाध्यन्न तथा फलफूल हस्तान्तरण गरिएको छ।
त्यसै गरि दिपायलको कुलपातेमा वडा नम्बर ४ को सहकार्यमा निर्माण गरिएको धाराको उद्घाटन गरिएको छ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ हेड क्वाटर डोटीले दिवसको अवसरमा दिपायल सिलगढी नगरपालिकाको सहकार्यमा दुधेश्वर जाने ४ सय पचास मिटर सिडीवाटो रेलिङ्ग सहित पुन:निर्माण गरिएको वाटाेको सयुक्त रूपमा अवलोकन गरिएको छ।
साथै दुधेश्वरमा मुर्ति समेत राखीएको छ।
उक्त कार्यक्रम दिपायल सिलगढी नगपालिका नगर प्रमुख बाजी सिंह खड्का,प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी,भैरब प्रसाद गणका गणपति परिक्षित देउजा, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ हेड क्वाटरका प्रहरी उपरीक्षक सुधीर सुवेदी ,अनुसन्धानका प्रहरी नायब उपरीक्षक महेश अवस्थी ,नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बम, दिसिनपा -४ वडा अध्यक्ष असोक सोप लगायतको उपस्थिति रहेकोे थियो ।
दिवसका अवसरमा यस अघि गणले लागु औषध तथा विपत् व्यवस्थापन सम्बन्धी सुजङ मावि राजपुर,अमर जोती मावि दिपायल ,पदम पव्लीक मुक्ति नारायण मावि सिलगढी, शारदा मावि,राधाकृष्ण मावि गोप घाट र साजेन्द्रश्वर मावि फुलौटमा सचेतना कार्यक्रम गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ हेड क्वाटरका प्रहरी उपरीक्षक सुवेदीले बताए ।
त्यस्तै सोमवार पदम पव्लीक मुक्ति नारायण मावि ,सिलगढीमा अन्त विद्यालय वक्तृत्वकला प्रतियोगिता गरेको उनले बताए ।
दिवसका अवसरमा विभिन्न सञ्चार माध्यममाबाट लागु औषध तथा विपत् व्यवस्थापन सम्बन्धी रेडियो कार्यक्रममा छलफल समेत गरिएको उनले बताए ।