Sujang

नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण गरेको विरोधमा जनमोर्चा डोटीले बुझायो ज्ञापन पत्र

Ban

इन्द्र शाही ,माघ ८ गते ,डोटी :राष्ट्रिय जनमोर्चा डोटीले लिपुलेक नाका र कञ्चनपुरको भूभागसम्बन्धी मुद्दामा आफ्नो धारणा राख्दै  जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।

जनमोर्चा डोटीले तीन बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी मार्फत मङ्गलवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको  हो।

ज्ञापन पत्रमा हाल भारत र चीनबिच भएको सहमतिले नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतालाई गम्भीर असर पारेको भन्दै तत्काल कूटनीतिक पहल गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ। लिपुलेक र सुस्तामा भइरहेको भारतीय हस्तक्षेपका विरुद्ध ठोस कदम चाल्न पनि ज्ञापन पत्रमा माग गरिएको छ।

Krishi

२०७५ सालमा लिपुलेकसम्बन्धी विरोध नोटको स्मरण गराउँदै राष्ट्रिय जनमोर्चाले अतिक्रमित भूभाग फिर्ता गर्न भारत र चीनसँग कूटनीतिक संवाद सुरु गर्न जोड दिएको छ।

ज्ञापन पत्र बुझाउने क्रममा राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले राष्ट्रिय अखण्डताको विषयमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै नेपाल सरकारलाई तत्काल ठोस कदम चाल्न चेतावनी दिए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अन्य नेताहरूले पनि आफ्नो धारणा राखेका थिए ।  ज्ञापन पत्रमा अध्यक्ष डबल बोगटी , रमेश अवस्थी, नरेन्द्र विष्ट, उज्जर सिंह मगर, नरेश आले, र हर्क बोहराको हस्ताक्षर रहेकोे थियो ।

ज्ञापन पत्र 

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.