Sujang

डोटीमा अन्तराष्ट्रिय बहुभाषिक साहित्य सम्मेलन हुँदै

माघ ८ गते ,डोटी :सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाली लेखक संघ डोटीको सहकार्यमा यही माघ १८ गते डोटीको सिलगढीमा अन्तराष्ट्रिय बहुभाषिक साहित्य संगोष्ठी हुने भएको छ।

कार्यक्रममा नेपाल र भारतका साहित्यकारहरूको उपस्थिति रहने सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले बताए। सुदूरपश्चिममा साहित्यिक पत्रकारिताको अवस्था र चुनौतिबारे पनि कार्यक्रममा विचार बिमर्श हुने आयोजकले जनाएको छ। सुदूरपश्चिम प्रदेशको भाषिक स्थितिका म बिषयमा कार्यपत्र प्रस्तुत हुने र लोक सांस्कृतिक झाकिहरूकाे प्रस्तुति समेत रहने छ ।

 

उपकुलपति डा. जोशीले बहुभाषिक अन्तराष्ट्रिय संगोष्ठी सुदूरपश्चिममा पहिलो पटक हुन लागेको बताए। उनले डोटेली, अछामी, राना–थारू, बैतडेली, र कुमाउनी, नेपाली भाषाका महत्वपूर्ण सिर्जनाहरूकाे प्रस्तुत हुने बताए । सूदूरपश्चिमका विभिन्न जिल्लाका साहित्यिक पत्रकार, स्रष्टाहरू, लेखकहरू, संस्कृतिकर्मी र जनप्रतिनिधिकोसमेत सहभागिता रहने छ । यस कार्यक्रमका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाली लेखक संघका अध्यक्ष फणेन्द्र साउँदले बताए।

 

कार्यक्रमको समुद्घाटन सुदूरपश्चिमका प्रदेश प्रमुखले गर्नै तय भएको आयोजक प्रतिष्ठानले जनाएको छ। उक्त अन्तर्राष्ट्रिय साहित्यिक संगोष्ठी माघ १८ गते बिहान १०–३० देखि सिलगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजना हुने र कार्यक्रममा शुभेच्छुक तथा सरोकारवाला सबैलाई उपस्थितिका लागि प्रतिष्ठानले आमन्त्रण गरेको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.