Sujang

सशस्त्र प्रहरी दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै 

Ban
माघ ७ गते,डोटी : सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ हेड क्वाटर डोटीले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
Posan
दिवसका अवसरमा गणले लागु औषध तथा विपत् व्यवस्थापन सम्बन्धी सुजङ मावि राजपुर,अमर जोती मावि दिपायल ,पदम पव्लीक मुक्ति नारायण मावि सिलगढी, शारदा मावि,राधाकृष्ण मावि गोप घाट र साजेन्द्रश्वर मावि फुलौटमा सचेतना कार्यक्रम गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गणका गणपति सुधीर सुवेदीले बताएका हुन् ।
त्यस्तै सोमवार पदम पव्लीक मुक्ति नारायण मावि ,सिलगढीमा अन्त विद्यालय वक्तृत्वकला प्रतियोगिता गरेको उनले बताए ।
त्यस्तै आन्तरिक व्याटमिन्टन चेस,बाह्य क्रिकेट खेल कार्यालय प्रमुख सँग  र जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण, रक्तदान कार्यक्रम रहेको गणपति सुवेदीले बताए ।
Krishi
त्यस्तै मङ्गलवार दुधेश्वर जाने ४ सय पचास सिडीवाटो दिपायल सिलगढी नगरपालिकाको सहकार्यमा निर्माण र कुल पातेमा वडा नम्बर ४ को सहकार्यमा निर्माण धाराको उद्घाटन समेत रहेको उनले बताए ।
दिवसका अवसरमा विभिन्न सञ्चार माध्यममाबाट लागु औषध तथा विपत् व्यवस्थापन सम्बन्धी रेडियो कार्यक्रममा छलफल समेत गरिएको उनले बताए ।
बुधवार दिवसका अवसरमा हेड क्वाटरमा औपचारिक कार्यक्रमको  समेत आयोजना गरिएको गणपति सुवेदीले बताए ।
शान्ति सुरक्षाका साथसाथै नागरिकसँग हातेमालो गरेर अघि बढ्नका लागि विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाई रहेको बताइएको छ ।
samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.