Sujang

डोटीको आदर्शमा विवाह भोज खाएका ५७ जना एकसाथ बिरामी

Ban
Krishi

माघ ६ गते ,डोटी :आदर्श गाउँपालिका–१ बाँझमा विवाह भोज खाएर दर्जनौँ मानिस बिरामी भएका छन्।

नर बहादुर विककी छोरीको विवाहमा गत माघ ५ गते आयोजित भोजमा सुजीको हलुवा लगायतका परिकार खाएका व्यक्तिहरूमा ज्वरो आउने, वान्ता हुने र पखालाको समस्या देखिएको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रमुख एसपी बिनाेद शर्माले जानकारी दिए ।

उनका अनुसार सुरुमा ३ जनामा स्वास्थ्य समस्या देखिए पनि माघ ६ गतेसम्म दुलही पक्षका करिब ५६/५७ जनाको स्वास्थ्यमा एउटै समस्या देखा परेको छ।

बिरामी परेका व्यक्तिहरूको स्थानीय स्वास्थ्य चौकी बाँझमा उपचार भइरहेको छ भने रगतको नमुना डोटी जिल्ला अस्पतालमा परीक्षणका लागि पठाइएको छ।

हालसम्म बिरामी सबैको अवस्था सामान्य रहेको जनाइएको छ। घटनाको थप अनुसन्धान गर्न प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमाण्डमा सात जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

उक्त घटनाको कारण विवाह भोजमा खाइएका परिकारमा खाद्य विषाक्तताको सम्भावना रहेको अनुमान गरिएको छ।

स्वास्थ्य कार्यालय डाेटीले समेत घटनाको विस्तृत अध्ययन गरिरहेको कार्यालय प्रमुख रमेश मलासीले बताए ।

उनले आज दिउँसाेसम्म ३० जना स्वास्थ्य चाैकी उपचारका लागि आईसकेकाे र वाँकी मानिसहरूकाे खाेजीका लागि टाेली खटाईएकाे बताए । ल्याव परिक्षणपछि मात्र घटनावारे बिस्तृत बताउन सकिने मलासीकाे भनाई थियाे ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.