Sujang

क्रिकेटर शेर मल्ल सम्मानित

Ban

माघ ५,डोटी :केआई सिंह गाउँपालिकाले  राष्ट्रिय क्रिकेटर शेरबहादुर मल्ललाई सम्मान गरेको छ । छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्‍घाटन समारोहमा मल्ललाई १ लाख ३१ हजार २ सय ५० रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

Krishi

पालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले शनिबार मल्ललाई उक्त नगद रकमसहित सम्मान गरेका हुन् ।

केआई सिंह गाउँपालिकाका स्थायी बासिन्दा मल्लले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ड्सका तर्फबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।

मल्लले आफूले कठिन संघर्ष गरेर यो स्थानसम्म आइपुगेको बताए । अत्यन्तै विपन्न परिवारमा जन्मिएका मल्ल भारतमा रोजगारीका लागि गएका आफ्ना आमाबुवासँगै हुर्किएका थिए । त्यही नै उनले क्रिकेट सिकेको बताए । ‘तीव्र इच्छाशक्ति र मिहिनेतका भरमा क्रिकेटप्रतिको रुचि विकास गर्दै राष्ट्रिय स्तरमा आफ्नो स्थान बनाएको हुँ,’ उनले भने ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.