Sujang

खेलकुद क्षेत्र सधैं आफ्नो प्राथमिकतामा छ : पुर्व मन्त्री देउवा

Ban

माघ ३ गते , अछाम :सुदूपश्चीम प्रदेश सरकारका पुर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश देउवाले खेलकुद क्षेत्रको विकासको विषयलाई सधैं महत्व दिदै आएको बताएका छन् ।

साँफेबगर नगरपालिकामा आयोजित पालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाट समारोहका प्रमुख अतिथि पुर्व मन्त्री देउवाले खेलकुद क्षेत्रले राष्ट्रको पहिचान बनाउने भएकाले खेलाडी र यस क्षेत्रमा सोचे अनुरुपमा लगानी हुन नसकेको बताए । सुदूपश्चीमका पहाडी जिल्लाहरु मध्ये अछाम जिल्ला सुगम जिल्लाको रुपमा आफुले लिने गरेको बताउदै अझै विकास निमार्णका कार्य गर्न बाँकी रहेको बताए ।

पुर्व मन्त्री देउवाले आफु १४ महिना भौतिक पुर्वाधार विकास मन्त्री हुदाँ खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले प्रत्येक जिल्लामा एक पालिका एक खेलकुद मैदानको योजना अगाडी सारेको र अहिले त्यहि अनुरुप अगाडी बढेको बताए ।

Krishi

नगर खेलकुद विकास समितिका अध्यक्ष अनिल कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि पुर्व जिविस सभापति भरत कुमार स्वाँर,साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र कुँवर,चौरपाटी गाउँपालिका अध्यक्ष भीम साउद,बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक साउद,उपप्रमुख शिब बहादुर कुवर,बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावल अतिथिहरु नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिब निर्प सुनार,जिल्ला समन्वय समिति सदस्य नरेन्द्र कुवर,पुर्व उपप्रमुख बिर्मला देवि बुडथापा,नेपाली काग्रेस नगर सभापति लाल बहादुर कुवर,नेकपा एमालेका नगर कमीटी अध्यक्ष ढकेन्द्र कुवर,माओवादी केन्द्र नगरकमीटी अध्यक्ष रंग ठकुल्ला,साँफेबगर नगरपालिका वडा नं ५ का अध्यक्ष मकर कुँवर,पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य शिबराज खत्री,नेपाल प्रेस युनियनका प्रदेश उपाध्यक्ष गीता कुँवर,महिला अधिकारकर्मी अप्सरा कुँवर,बजार व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवरले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सदस्य सचिब हिरादत्त भट्ट्ले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य समितिका सदस्य कृष्ण कुँवरले राखेका थिए । प्रतियोगितामा १३ वटा टीमको सहभागीता रहेको छ ।

बुधबार भएको उद्घाटन खेलमा मेल्लेख र साँफेबगर बिच भएको खेलमा मेल्लेखले जित हात पारेको छ ।

प्रतियोगिताका प्रथम पुरस्कार २ लाख ५१ हजार,द्धितिय पुरस्कार १ लाख ५१ हजार र तृतिय पुरस्कार ७५ हजार रहेको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.