Sujang

 नेपाल रेडक्रस सोसाइटी दिल्पेश्वर उपशाखाको अध्यक्षमा कठायत

Ban

पुस २८ गते ,डोटी :नेपाल रेडक्रस सोसाइटी दिल्पेश्वर उपशाखा अध्यक्षमा प्रेमसिंह कठायत चयन भएका छन् ।

शनिबार राजपुरमा सम्पन्न भएको रेडक्रस को २० औं अधिवेशनबाट कठायतलाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । रेडक्रस सोसाइटी दिल्पेश्वर उपशाखाका आजीवन तथा साधरण सदस्यहरूको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।

Krishi

अधिवेशनबाट बनेको नयाँ कार्यसमितिको उपसभापतिमा भारती रोकाय,सचिवमा यज्ञराज अवस्थी,उपसचिवमा हरिप्रसाद पनेरू
कोषाध्यक्षमा प्रकाशबहादुर कठायत
उपकोषाध्यक्षमा बलबहादुर कठायत सर्वसम्मत रूपमा चयन भएका छन् । भने सदस्यहरूमा प्रेमबहादुर शाह,प्रेम भण्डारी, योगेन्द्र कठायत, नारायण कठायत, पुष्कर साउद,कर्णबहादुर बोगटी चयन भएका छन् ।

रेडक्रस साेसाइटी दिल्पेश्वर उपशाखाको २० औं अधिवेशनबाट ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ भने रेडक्रस सोसाइटी दिल्पेश्वर उपशाखाको २० औं अधिवेशनको प्रमुख अतिथि नेपाल रेडक्रस डोटी शाखाका सहकोषाध्यक्ष विजयराज ओझा रहेका थिए ।

प्रमुख अतिथि ओझाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै पवित्र सेवाभाव बोकेको संस्था भएकाले सबैलाई सेवामा लाग्न रेडक्रसले प्रेरित गरेको बताउँदै ओझाले दिल्पेश्वर उपशाखाको हरेक गतिविधिमा जिल्ला शाखा सधै साथमा रहेने प्रतिबद्धतासमेत व्यक्त गरे । अधिवेशन निवर्तमान कार्यवाहक सभापति कृष्णा कठायतको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.