Sujang

स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

पुस २७,डोटी  : दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दिपायल स्थीत दिल्पेश्वर खेलमैदानमा शुक्रवार देखि शुरु भएको छ ।

पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्डको शुक्रबार उद्घाटन भएको छ । जिल्ला समन्वय समिति डोटी प्रमुख लक्ष्मण बहादुर सिंहको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको छ ।

उद्घाटनका अवसरमा उनले नेपालको खेलकुद विकासका लागि हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नुपर्ने धारणा राखे ।

त्यस्तै कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । खेलकुदका माध्यमबाट जिल्ला ,प्रदेश र नेपालको नाम राख्न खेलाडीलाई  अनुरोध गरे ।

कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का(बिजय) को सभापतित्वमा शुरु भएको राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरुका लागी यो सुनौलौ अवसर रहेको बताए । उनले भने हामी यस्ता क्रियाकलापहरु धेरै गछौं हामी डोटीबाट नयाँ खेलाडीहरु उत्पादन गर्नमा जोड दिनु पर्ने नगर प्रमुख खड्काले बताए ।

उद्घाटन कार्यक्रमको सुरुमा १६ वटै बिद्यालयका खेलाडीहरुले मार्च पास गरेका थिए ।

उक्त समारोहमा तेक्वान्दो, डान्स स्पोट्र्स र तेक्वान्दो खेलाडीको डेमोन्स्ट्रेसन भएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न बिधा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र दौड खेलमा प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै जिल्लाका अन्य पालिकामा पनि स्थानीय तह स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भइरहेका छन् । बोगटान फुड्सिल गाउँपालिकामा प्रतियोगिता सम्पन्न गरेको छ । त्यस्तै पुर्बीचौकी गाउँपालिका र वडिकेदार गाउँपालिका रनिङ शिल्ड प्रतियोगिता शुक्रबार देखि शुरु गरिएको छ।

त्यस्तै आदर्श गाउँपालिका बिहीबार देखि सञ्चालन भइरहेको छ ।

अन्य पालिकामा पनि खेलको तयारी भइरहेकोे बताइएको छ।

विभिन्न बिधा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र दौड खेलमा प्रतिस्पर्धा हुँदैछ ।

Salmuni
Leave A Reply

Your email address will not be published.