Sujang

रित्ता गाेजीले आफन्त चिनाउँछन्

गजलकार:तोयानाथ भट्ट

रित्ता गाेजीले आफन्त चिनाउँछन् ।
बुढापाकाहरुले जन्त चिनाउँछन् ।।

सकेसम्म ख्याल गर्नु काम लाग्छ ।
असल चरित्रले त्यागी सन्त चिनाउँछन् ।।

कुल्गेट बुरुसले सफा मात्रै त गर्छन् ।
जिन्दगीका किस्ताहरुले दन्त चिनाउँछन् ।।

माेटाे जकेट लगाउन हिउँद पर्खनै पर्छ ।
जसरी काेइलीले पनि वसन्त चिनाउँछन् ।।

सके राम्रो गर्नु नराम्रो गर्दै नगर्नु ।
दुष्ट व्यवहार त सामन्त चिनाउँछन् ।।

Salmuni
Leave A Reply

Your email address will not be published.