पुस २५ गते ,डोटी : डोटीको आदर्श गाउपालीकाले महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत पालिका भित्रका पाँच सय जना महिलालाई ब्लान्केट वितरण गरिएको छ ।
पालिका भित्रका सात वटै वडाका विभिन्न टोलका आर्थिक अवस्था कमजोर भएका, एकल महिला, दलित, सुत्केरी महिलाहरूलाई छनोट गरी न्यानो लुगा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी रोकायले बताइन् ।
केही दिनयता चिसो बढेको र चिसोको असर विशेष गरी आर्थिक अवस्था कमजोर भएका एकल महिला, सुत्केरी महिला र दलित महिलामा पर्ने भएकाले उनीहरूलाई चिसोबाट जोगाउनका लागि न्यानो लुगा वितरण गरेको उपाध्यक्ष रोकायले बताइन ।
चिसोका कारण कुनै पनि व्यक्तिले बिरामी हुनुपर्ने अवस्था आउन नदिन र विशेष गरी हजार दिनका आमा ,एक महिला भएका व्यक्तिलाई न्यानो पार्नका लागि ब्ल्यान्केट वितरण गरिएको उनले बताइन ।
निर्वार्चित भए पश्चात् उपाध्यक्ष संघ महिला कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण ,महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण , किशोरीहरूलाई पत्रकारिता तालीम ,एक महिलाको घर निर्माण ,दुना टपरी तालीम ,होसियारी सम्बन्धी तालिम, सिलाई कटाई सम्बन्धी तालीम , चप्पल बनाउने तालीम , फेवर ब्याग बनाउने तालीम कार्यक्रम सञ्चालन गरेका उपाध्यक्ष रोकायले बताइन् ।
लक्षित वर्गलाई जोडेर पालिकाले आय आर्जनका कार्यक्रमलाई जोड दिएको गाउँपालिका अध्यक्ष गणेश खड्काले बताए । आवश्यकताका आधारमा कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनले बताए ।
यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्ने सहभागीहरुले जोड गरेका थिए ।
वितरण कार्यक्रम वडाका वडा अध्यक्ष ,कर्मचारी ,स्थानीय लगायतको सहभागिता रहेको थियो।