पुस २४ गते ,कैलाली : टिम ११ शारदा क्रिकेट लिग सुदूरपश्चिम प्रदेश स्तरीय सिनियर क्रिकेट प्रतियोगिता आगामी चैत्रमा हुने भएको छ।
नेपालको पहिलो फेन्टासी एप टिम ११ को मुख्य प्रायोजन र शारदा विद्या निकेतन गोदावरी ८ स्याउले बजार कैलालीको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा कुल १२ सिनियर क्रिकेट टिमको सहभागिता रहनेछ।प्रतियोगिता लिग कम नक आउट फर्म्याटमा सञ्चालन हुनेछ।
प्रतियोगितामा विजेता, उपविजेता, सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कारका साथै ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
सुदूरपश्चिम प्रदेशमा क्रिकेटको माहौल तताई राख्न यो प्रतियोगिता सञ्चालन हुन गइरहेको शारदा विद्या निकेतनका प्रबन्ध निर्देशक रामचन्द्र शाहीले बताए ।
प्रतियोगिता निर्देशक एवं शारदा विद्या निकेतनका संयोजक कृष्ण पुजाराले प्रतियोगिताले सुदूरपश्चिम प्रदेशको क्रिकेट विकासमा टेवा पुग्ने बताए ।