Sujang

प्रदेश निजामती सेवा नियमावली पारितपछि मुख्यमन्त्री शाहलाई सम्मान

Ban

पुस २० गते ,धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई सम्मान गरिएको छ।

नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्यसमितिले प्रदेश निजामती सेवा ऐन तथा नियमावली पास भएको अवसरमा उनलाई सम्मान गरेको हो।

शनिबार युनियनले मुख्यमन्त्री शाहसँगै विद्यायन तथा प्रदेश मामिलाका सभापति प्रदेशसभा सदस्य दिवानसिंह बिष्ट र प्रदेश मुख्य सचिव कमल पोख्रेललगायतलाई सहयोग गर्ने सबै निकायर्लाई सम्मान तथा धन्यवाद व्यक्त गरेको हो।

मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले निजामती सेवा नियमावली पारित गरेको थियो। प्रदेश निजामती सेवा नियमावली नबन्दा प्रदेश लोक सेवा आयोगले कर्मचारी छनोटका लागि विज्ञापन गर्न सकेको थिएन।

नियमावली पारित भएसँगै विभिन्न तहको कर्मचारीको विज्ञापन, सरुवा र बढुवाको बाटो खुलेको छ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.