Sujang

बाेगटानमा महिलासंघ उपाध्यक्ष कार्यक्रम अन्तर्गत दुनाटपरी बनाउने तालिम शुरु

पुस १८ गते ,डोटी: महिलासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत बोगटान फूडसिल गाउँपालिकामा महिलाहरूलाई दुनाटपरी बनाउने तालिम बिहीबारदेखि सुरू गरिएको छ।

तालिममा २१ जना महिलाहरू सहभागी छन्। तालिममा बोगटान फूडसिल गाउँपालिका वडा नं. २ केदार अखडा र वडा नं. ७ चवराचौताराका महिलाहरू सहभागी रहेको उपाध्यक्ष विष्णा देउवा बमले जानकारी दिइन्।

धनगढी कैलालीकी प्रशिक्षक भावना मगरले प्रशिक्षण दिइरहेकी छन्। एक हप्तासम्म सञ्चालन हुने यो तालिम पुस २४ गतेसम्म जारी रहने वडा अध्यक्ष भरत बहादुर बमले बताए।

महिलाहरूको आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

बजेटको सीमितताका कारण यसपटक दुई वडाका महिलाहरूलाई मात्र सहभागी गराइएको भए पनि आगामी दिनमा अन्य वडाहरूमा समेत विस्तार गरिने उपाध्यक्ष बमले प्रतिबद्धता जनाइन्।

तालिमपछि दुनाटपरी बनाउने मेसिन सहभागी महिलाहरूको संजाललाई हस्तान्तरण गरिने जानकारी दिइएको छ।

यस तालिमले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.