Sujang

सुकुम्बासीलाई दिएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने कानुनी व्यवस्था गर्नुपर्छ : बलायर

Ban

पुस १७, काठमाडौँ :सरकारले सुकुम्बासीलाई दिएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने कानुनी प्रबन्ध गर्नुपर्ने कांग्रेसका सांसद बीरबहादुर बलायरले बताएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा सांसद बलायरले सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताए ।

 

भुमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल गर्न बसेको समितिको बैठकमा सांसद बलायरले तराई-मधेस, पहाड र हिमालमा रहेका सबै सुकुम्बासीलाई जग्गा दिनुपर्ने बताए । उनले प्रस्ताव राखे, ‘भूमिहीन सुकुम्बासीलाई दिइएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने कानुनी व्यवस्था गर्नुपर्छ ।’

Krishi

यसअघि जग्गा दिएपछि त्यो बेचेर फेरि सुकुम्बासीमै सूचीकृत भएको भन्ने पाइएकाले त्यस्तो कानुनी व्यवस्था गर्नुपर्ने र कडाइका साथ पालना गर्नुपर्ने बलायरको भनाइ थियो ।

 

त्यस्तै, तराईमा मात्रै नभएर पहाडका ९० प्रतिशत दलित जनसंख्या भूमिहीन रहेको बलायरको भनाइ थियो । उनीहरूका लागि पनि जग्गाको व्यवस्था हुनुपर्ने उनले बताए ।

भूमि आयोगले आगामी १ वर्षभित्र १ लाख लालपूर्जा बाँड्ने तयारी भइरहेको जानकारी दिएको छ । भूमि मन्त्रालयले भने पटक-पटक भूमि आयोग गठन गर्दा पनि समस्या समाधान नभएको बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.