Sujang

डोटी प्रशासन:वर्षाले क्षति पुर्‍याउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

Ban

असोज ,२० गते ,डोटी -जिल्ला प्रशासन कार्यालय डोटीले सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्लामा बिहीबार बिहानैदेखि निरन्तर पानी परिरहेकाले प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो।

Krishi

जल तथा मौसम विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार आगामी २२ गतेसम्म सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन भनिएको छ। वर्षाका कारण नदीको वाहव बढ्ने, बाढी, पहिरो, भूक्षय, डुबान जस्ता घटनाहरु हुनसक्ने भएकाले नदीमा दाउरा बटुल्ने, माछा मार्ने, पौडी खेल्ने, रुखमुनि बस्ने र आफ्ना नानी बाबुलाई एक्लै छोड्ने जस्ता क्रियाकलाप नगर्न प्रशासन कार्यालयले अनुरोध गरेको छ।

त्यस्तै, मौसम र सडकको अवस्थालाई ध्यानमा राखी मात्रै यात्रा गर्न र कुनै विपदका घटना भए नजिकको प्रहरी इकाई, सम्बन्धित पालिका तथा जिल्ला प्रशासनमा खबर  गर्न भनिएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.