एकेन्द्र चन्द ,पुस ११ डोटी : डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ मा रहेका विभिन्न टोलहरूलाई छाउपडी गोठ मुक्त टोल घोषणा गरिएका छन्।
वडा नम्बर ६ को गाबर, डाँडा गाउँ, कफल्तडि टोल लाई छाउपडी गोठ मुक्त टोल घोषणा गरिएको हो।
सृजनशील स्वास्थ्य आमा समूहको सक्रियतामा वडा स्तरीय बाल अधिकार समिति सामुदायिक विकास मञ्च डोटी लगायत वडा नम्बर ६ को वडा कार्यालयको सक्रियतामा छाउपडी गोठ मुक्त टोल घोषणा गरिएको हो।
सबै प्रकारको विभेद अन्त गर्नको लागी सरोकार वालाले साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
छाउपडी कु प्रथाले किशोरी, महिला बालबालिकामा असर पर्ने भएकाले यसको अन्त्यका लागि स्थानीय सरकार राजनीतिक दल , बुद्धिजीवी लगायत आम नागरिकले जनचेतना जगाउँदै एक जुट भएर लाग्नु पर्ने जोरायल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो ।
देवी देउताको डरका कारण यहाँका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी मान्ने चलन कायमै रहेको छ । यहाँका ग्रामीण बस्तीका गाउँ गाउँमा छाउपडी गोठहरू रहेको र महिलाहरूले महिनावारी भएका बेला छाउगोठमै सुत्नु पर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।