Sujang

केदारअखडाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

Ban

पुस ५ गते ,डोटी :डोटीको बाेगटान फुड्सिल गाउँपालिकाको केदारअखडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर–२ को वडा कार्यालय केदारअखडाले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगति सहितको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा कार्यालयले गरेको अघिल्लो आर्थिक वर्षमा गरेका कार्य प्रगति प्रस्तुत गरेको थियो ।

Krishi

वडा सचिव जगत बमले हालसम्म गरेका प्रगतिको प्रतिवेदन सार्वजनिक सुनुवाइमा प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाइमा गोरेटो बाटोहरूको स्तरोन्नति हुनु पर्ने, केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्र देखि मल्लो चाल्स सम्म जाने सडक सुचारु हुनु पर्ने ,लक्षित बर्गकाे दलितको लागि बजेट विनियोजन हुनु पर्ने,कृषि समूह गठन गरी बजेट व्यवस्थापन हुनुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।

सार्वजनिक सुनुवाइका प्रमुख जबाफदेही वक्ता वडा अध्यक्ष भरत बमले आफूले चाहेर पनि साेचे अनुसारकाे काम गर्न नसकेको बताउँदै पालिकाबाट आउने बजेट कम हुने हुँदा वडा बासिन्दाको समस्या समयमै सम्बोधन गर्न नसके पनि आफ्नो कार्यकाल भित्र वडाका समस्या समाधान तर्फ जोड दिने बताए ।

वडाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सिड नेपालको सहयोग रहेकोे थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.