Sujang

बोगटान फुड्सिल -५ काे वडाको सार्वजनिक सुनुवाइ सम्पन्न

Ban

पुस ६ गते, डोटी :डाेटीकाे बाेगटान फुड्सिल गाउपालिका वडा नं. ५ धिर्कामाण्डाैमा वडा स्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रम  सम्पन्न भएकाे छ ।
बिहिवार बाेगटान फुड्सिल गाउपालिका वडा नं ५काे आयाेजना सिडनेपाल डाेटीकाे आर्थिक सहयाेगमा सार्वजनिक सुनुवाइ गरिएको हाे ।

Posan
Krishi

कार्यक्रममा बिशेश गरि सडककाे स्तराेन्नति हुनु पर्ने, संचारकाे सबैठाउमा २४ सै घन्टा पहुच हुनुपर्ने, वडा स्तरमा हुने निर्माण का कार्यहरु उपभोक्ता समिति  मार्फत गरिनु पर्ने, पालिकाले सहकारी संचालन कार्यबिधि बनाई सहकारि संचालनका लागि पहल गरिनु पर्ने ,सहकारि र वडा काे सम्झाैता अनुसारकाे काम हुनु पर्ने , सिचाईकुलाेहरु मर्मत तथा निर्माण गरिनु पर्ने ,सबै टाेलहरु महिला स्वास्थ्य स्वयम सेविकाकाे पहुच हुनु पर्ने,मदिरा नियन्त्रणका लागि गरिएका कदम अगाडि बढ्नु पर्ने ,उपभोक्ता समिति गठन गर्दा आफुअनुकुलका ब्यक्ति नहुनु पर्ने र विद्धुत विस्तारका क्रममा गरेका कामकाे भुक्तानी हुनु पर्ने लगायतका बिषयमा प्रश्न माथि छलफल गरिएकाे थियाे ।

वडा कार्यालयका विभिन्न गतिविधि हरु सबै संगछलफल गरेरै संचालन भएकाे भन्दै ,सार्वजनिक सुनुवाइमा उठेका प्रश्न र सुझाव लाई आगामी दिनमा सम्वाेधन गर्ने वडा अध्यक्ष राम बहादुर बाेहराले प्रतिबद्धता गरे ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.