एकेन्द्र चन्द, पुस ६,डोटी : नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएलमा ) सुदुरपश्चिम रोयल्स बाट क्रीकेट खेलिरहेका नरेन साउदलाई उनको गृहपालिका डोटीको बडिकेदार गाउँपालिकाले नगद ३ लाख ५५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको छ ।
बसेको ६१औं कार्यपालिकाको बैठकले सम्मान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रबक्ता पदम सिंह बोहराले जानकारी दिए ।
डोटीको पनि दुर्गममा क्षेत्रमा जन्मिएर खेलमार्फत पालिकालाइ देश बिदेशमा चिनाउ सफल नरेनलाइ नगद सहित सम्मान गरेको पालिकाले जनाएको छ।
साउदलाइ सुदूरपश्चिम रोयल्सले २ लाख रुपैयाँमा खरिद गरेको हो । डोटी जिल्लाको दुर्गम क्षेत्र मानिने जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बडिकेदार गाउँपालिकाको वडा नम्बर ३ घाङगल ओखलढुंगामा जन्मनु भएका नरेन साउद सुदुर पश्चिम प्रदेशको टोलिको प्रतिनिधित्व गर्दै क्रीकेट खेल खेल्दै आएका छन् ।
हाल जारी रहेकोे एनपिएल क्रीकेटमा नरेनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् नरेनले एकै खेलमा सर्बाधिक ५ बिकेट लिदै चर्चा बटुलेका थिए ।
सुदुर पश्चिम प्रदेशको बिकट क्षेत्रमा जन्मिएका साउदले सानै छ्दा देखि कडा मेहनत गरेका थिए । सानै उमेरमा बुवा गुमाएका साउदका आमा शिक्षिका रहनुभएको थियो। छोरालाई राम्रो पढाउने आमाको इच्छा हुदाहुदै पनि नरेनको क्रीकेट खेल प्रतिको लगाबले उनलाई रोक्न सकेन । कयौं आर्थिक अभाबका बिच पनि अहिले नरेन डोटीको दुर्गम क्षेत्रमा जन्मियका भए पनि क्रीकेट मा आफ्नो उचाई बढाइ रहेका छ्न् ।
नरेनको हालको बसाई धनगढी रहेको छ ।