एकेन्द्र चन्द ,पुस ४ गते ,डोटी: डोटीमा महिलाहरूको कार्यबोज कम गर्ने उद्देश्यले हाते पङ्खा वितरण गरिएको छ जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ केदारअखडाका ३ वटा महिला समूहलाई हाते पङ्खा वितरण गरिएको हो ।
सिड नेपालको आर्थिक सहयोग र बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ कार्यालयको समन्वयमा १३ वटा हाते पङ्खा वितरण गरिएको र यसले महिलाहरूको कार्यबोज कम गर्न सहयोग पुग्ने बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भरत बमले बताउनु भयो।