Sujang

नेपाल पत्रकार महासंघ डोटीको अध्यक्षमा प्रकाश बम विजयी

डोटी,२८ मंसिर : नेपाल पत्रकार महासंघ डोटीको अध्यक्षमा प्रकाश बमको  प्यानलसहित विजयी भएको छ ।
उपाध्यक्षमा चक्र मल्ल, महिला उपाध्यक्षमा सरिता कठायत, सचिवमा विक्रम खड्का , सह सचिवमा एकेन्द्र मल्ल, समावेशी सह सचिवमा प्रेमा कुमारी धामी र कोषाध्यक्ष दीपेन्द्र खड्का विजयी भएका छन्।
खुला सदस्यमा क्रमशः  रामदास राना, दान सीँ ऐर, सुशीला शाही, राज पार्कि, इन्द्र शाही ,दिनेश जोशी विजयी भएका छन् ।

प्रदेश परिषद् सदस्यमा चक्र कुवर, नारायणदत्त पनेरु, दलव देउवा, र महिलामा रश्मि खडायत र रामदुलारी राना (समावेशी) निर्वाचित भएका छन्।

त्यस्तै, केन्द्रिय परिषद् सदस्यमा मोहन शाही, पुष्पराज जोशी, र सदस्यमा रामदास राना र रमेश मगर निर्विरोध निर्वाचित भएका छन्।

बम डेढ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशील भएर काम गरी रहेका छन् । अध्यक्ष बम अहिले रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत छन् । उनले डोटी बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर पास गरेका हुन् । एस. पिए.बाट पत्रकारी विषयमा स्नातक ,नेपाली विषयमा स्नातक पास गरेका छन् । उनले डोटी क्याम्पसबाट वि.एड.  र एसपिए बाट बि.ए.पास गरेका छन् ।
Salmuni
Leave A Reply

Your email address will not be published.