Sujang

सामाजिक परिक्षण सम्पन्न

Ban

रामदास राना, डोटी, मंसिर २६ :सम बिकास केन्द्र (ई.डि.सि.) नेपाल डोटीले डोटीको के.आई.सिह. गाउपालीको वडा नं. ३ को कार्यालय वासुदेवीमा बाख्रा उपहार कार्यक्रमको सामाजिक परिक्षण गरेको छ ।

सम बिकास केन्द्र डोटीका कार्यकारी निर्देशक महेश खत्रीको अध्यक्षतामा मंगलवार सम्पन्न सामाजिक परीक्षण कार्यक्रममा के.आई.सिह. गाउपालीका वडा नं. ३ का वडा सदस्य निर्मला ऐरले प्रमुख अथितीको आसन वाट वोल्दै दलित तथा पिछडा वर्गलाई समेटेर महिला समुह वनाएर घरेलु तथा महिला माथि हुने हिंसा कम गर्न जनचेतनामुलक कार्यक्रम गरी ई.डि.सि.संस्थाले गरेका कामहरुको सराहना गरे ।
सम बिकास केन्द्र (ई.डि.सि.) नेपाल डोटीका कार्यकारी निर्देशक महेश त्रिखत्रीले पहुच परियोजना अन्तर्गत यस संस्थाले विपन्न, दलित, महिला, हलिया, वालवालीका, अपाङ्गता, सिमान्तकृत एवं पछि पारिएका लगायत विरुद्द काम गरिरहेको वताउदै महिलाहरु आर्थिकरुपमा आत्मनिर्भर भए आपैm महिलाहिंसा कमभएर जाने भएकोले आर्थिकरुपमा आत्मनिर्भर वन्न वाख्रा वितरण गरिएको बताए ।

Krishi

सम बिकास केन्द्र (ई.डि.सि.)ले दलीत तथा बिपन्न परिबारको आर्थिक अबस्थालाई आर्थिक रुपमा आत्म निर्भर बनाउने उद्देश्यले डिसिए नेपालको आर्थिक सहयोगमा संचालित “उपहार कार्यक्रम” अन्र्तगत बितरण गरीएको बाख्रा खरिद र त्यसमा लागेको लागत खर्चको बिबरण पेश गरे ।

सम बिकास केन्द्र डोटीका फोकल पर्सन अधिराज बि.सि.ले के.आई.सिह. गाउपालीको वडा नं. १ को वाउजेला र वडा नं. ३ को झिगावस्तीमा चार वटा समूहका एक सय नौ घरधुरीलाई बाख्रा बितरण र ६८ घरधुरीलाई वाख्राको खोर वनाउन रकम दिईएको बताउदै त्यसमा ४० लाख १३ हजार ८ सय ७४ रुपैया खर्च भएको बिबरण पेश गरे ।

संस्थाका फोकल पर्सन बि.सि.ले तिन सय १२ वाख्रा र तिन वटा वोका खरिदमा २८ लाख ३९ हजार पांच सय ४८ रुपैयां ५४ पैसा खर्च भएको विवरण पेश गर्नुभयो ।

त्यस्तै मिटिङमा ३० हजार चार सय ४० रुपैयाँ, तालिममा ९९ हजार नौ सय ३५ रुपैयाँ २५ पैसा, खोर वनाउन छ लाख ८० हजार रुपैयाँ, वाख्रा अध्ययन गर्न वाख्रा खरिदको लागी ५७ हजार दुई सय ९० रुपैयाँ, सामाजिक परिक्षणमा आठ हजार छ सय, मनिटरिङमा एक लाख २५ हजार छ सय ४८ रुपैयाँ, वोर्डमा १७ हजार पाँच सय रुपैयाँ, जोईन मनिटरिङमा २४ हजार पाँच सय रुपैयाँ र म्यानेज्मेन्ट पर्सनमा एक लाख २५ हजार खर्च भएको विवरण पेश गर्नुभयो ।
कार्यक्रममा महिला समूहका सदस्यहरुले समूह सम्वन्धि र वाख्रामा लागेका रोगका वारेमा आ–आफ्नो गुनासा र समस्याहरु राख्नुभएको थियो । गुनासा र समस्याहरुलाई ई.डि.सि. डोटीका फोकल पर्सन वि.सी. र वडाका भेटेरिनरी प्राविधिक ईन्द्र मल्लले समाधान गर्नुभएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.