Sujang

अस्थिरतालाई स्थिरता दिन दुई ठुला दल बिच गठवन्धको सरकार वनेका हो : पूर्व परराष्ट्रमन्त्रि साउँद

मंसिर १४ गते ,डोटी ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्रि एन पी साउँदले अस्थिरतालाई स्थिरता दिन दुई ठुला दल बिच गठवन्धको सरकार वनेको बताएका छन् ।

 

शुक्रबार नेपाल प्रेस युनियन डोटी शाखाले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्  ।
प्रजातान्त्रिक पक्रियालाई कमजोर गर्ने गरी केही तत्त्व तथा शक्तिहरू काम गरी रहेको उनले आरोप लगाएका छन् । ती शक्तिहरूको सामना गर्ने गरी प्रजातान्त्रिक मूल्य मान्यता विश्वास गर्ने शक्तिहरूलाई एक ठाउँमा गोलबद्ध गरेर अगाडी बढ्न आवश्यक रहेको उनले बताए ।
नेपालको राजनीतिकलाई संस्थागत गर्ने दिगो बनाउने र जनाताका आशा अपेक्षा चाहनालाई काँधमा बोकेर तिनलाई पुरा गर्ने पार्टी काँग्रेस भएको समेत उनले बताए ।
प्रधानमन्त्रीको चिन भ्रमण सफलता शुभकामना व्यक्त गर्दै मित्र राष्ट्र वाट हुने सम्झौता गठबन्धनको सहमति विना नहुने समेत उनले बताए ।
खुटिया दिपायल उरै भन्ज्याङ सम्मको फास्ट ट्याकको काम सरकारले अगाडी बढाइँ रहेको उनले बताए । त्यस्तै पश्चिम सेती परियोजनाको भारती कम्पनीले काम गरी रहेको र भारत सरकालाई यसलाई नियमित अगाडि सरकार भनिरहेको उनले बताए ।
कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकार अहिले पनि लागि रहेको उनले बताए ।
Salmuni
Leave A Reply

Your email address will not be published.