Sujang

डाेटीमा १६ दिने अभियानकाे अवसरमा सडक नाटक प्रदर्शन

डाेटी, मंसिर १३: लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे अवसरमा डाेटीकाे मुख्य बजार पिपल्लामा सडक नाटक देखाइएको छ ।

दिपायल सिलगढी नगरपालिकाकाे आयाेजनामा गरिएकाे कार्यक्रममा युएनएफपिएको आर्थिक सहयोग साथी सस्थाको प्राबिधिक सहयोग र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना र सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तरगत डोटी जिल्लामा संचालनमा रहेकाे सेफ हाउस लगायतका संघ संस्थाहरूले सडक नाटक देखाएका हुन् ।

आम नागरिकलाई जनचेतना जगाउने उद्देश्यले लैङ्गिक हिंसा बिरूद्ध १६ दिने अभियान अन्तरगत सडक नाटक देखाइएको बताइएकाे छ ।

विभिन्न प्रकृतिका महिला हिंसा, बाल विवाह, बहुविवाह, छुवाछुत लगाएका हिंसाहरू हुन सक्ने र त्यस्ता प्रकृतिका हिंसाहरू हुन नदिन आम नागरिक सचेत हुनुपर्ने सन्देश नाटकले दिएकाे सेफ हाउस डाेटीका प्रमुख एवं मनाेविमर्शकर्ता बन्दना बमले जानकारी दिइन ।

हामी सबैकाे प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यकाे लागि ऐक्यबद्धता भन्ने मुल नाराका साथ मंसिर १० गतेदेखि १६ दिने अभियान संचालनमा रहेकाे छ ।

अभियान कार्यक्रम विभिन्न र्याली, देउडा कार्यक्रम लगायत विभिन्न किसिमका कार्यक्रम गरी संचालन हुँदै आएकाे छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.