Sujang

कैलालीबाट वन पैदवार र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Ban
मंसिर ११ गते ,धनगढीः कैलालीबाट विना इजाजत राष्ट्रिय वन पैदवार काटी ओसार पसार र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
Krishi

विना इजाजत राष्ट्रिय वन पैदवार काटी ओसार पसार गरेको सम्बन्धि कसुर मुद्दामा १ महिना कैद सजाय र २ लाख ६५ हजार ३९० जरिवाना तोकिएको गौरीगंगा नगरपालिका–७ बस्ने ४५ वर्षीय रमित चौधरी र सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–३ बस्ने ४८ वर्षीय रामबहादुर थारु पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.