Sujang

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान डोटीमा पनि शुरु

Ban

मंसिर १० गते डोटी : डोटीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सोमबारबाट शुभारम्भ गरिएको छ । एक कार्यक्रमको आयोजना गरी दिपायल सिलगढी नगरपालिकाले जिल्ला सदरमुकाम सिलगढीमा र्‍याली सहित कार्यक्रमको शुभारम्भ गरिएको छ। कार्यक्रममा बोल्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समारोह समितिका संयोजक दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्काले समाजमा कुनैपनि महिलाहरूले हिंसा सहेर बस्न नहुने त्यसको लागि सुरुमा महिलाहरू नै अग्रसर हुनुपर्ने बताए ।

 

Posan

अभियान शुभारम्भ कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका नगर उपप्रमुख कलावती महर साउदले डोटी जिल्लामा पनि विभिन्न प्रकृतिका महिला हिंसा, बाल विवाह, बहुविवाह, छुवाछुत लगाएका हिंसाहरू हुन सक्छन् त्यस्ता प्रकृतिका हिंसाहरू हुन नदिन आम नागरिक सचेत हुनुपर्ने बताइन् ।समाजमा हुने गरेका महिला हिंसा सम्बन्धीका विभिन्न घटनाहरूको न्यूनीकरणमा विभिन्न सङ्घ संस्था नागरिक समाज, सञ्चार क्षेत्र लगायत सबैको सहयोग आवश्यक रहने समेत उपप्रमुख साउदको भनाई थियो ।

 

Krishi

डोटी जिल्लामा विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा नगरपालिकाका विभिन्न वडाहरूमा १६ दिन सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरी दिवस मनाइने दिपायल सिलगढी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बुले बताइन् । उनले नगरपालिकाका सबै वडाहरुमासँगै जिल्ला स्तरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने बताइन । डोटीका अन्य पालिकाहरूमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी दिवसलाई मनाइँदै छ ।

 

अभियान प्रारम्भ कार्यक्रममा जिल्लामा क्रियाशील गैरसरकारी सङ्घ संस्था, नागरिक समाज, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

 

लैङ्गिक हिंसा अन्त्यको प्रयास स्वरूप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । हरेक वर्ष नोभेम्बर २५ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसबाट शुरु गरी डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकार दिवस सम्म अभियान सञ्चालन गरिन्छ ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.