Sujang

उप-निर्वाचनलाई स्वच्छ,स्वतन्त्र ,विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग डोटीको सबैमा अनुरोध

मंसिर ९ गते ,डोटी :पूर्वीचौकी गाउँपालिका –  ६ को  अध्यक्ष पदका लागि मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचन शान्त बातावरमा सम्पन्न गर्न निर्वाचन आयोग डोटीले सबैमा आग्रह गरेको छ ।  आइतबार उप-निर्वाचनलाई लक्षित गरेर  प्रशासन कार्यालय डोटीमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा सञ्चार कर्मीहरूसँग गरिएको छलफलमा आग्रह गरिएको हो ।

मङ्सिर १६ गते हुने उप- निर्वाचनलाई स्वच्छ,शान्त र भयरहित बातावरमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुसंग छ्लफल गरिएको मुख्य निर्वाचन अधिकृत रुद्रमणणि गिरिले बताए ।

साथै जिल्ला आचारसंहिता अनुगमन समितिले आवश्यक व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरु कहीं कतै भए गरेको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारवाही गरीने उनले बताए ।

जिल्लाको शान्ति सुरक्षा अमन चयनका लागि प्रतिबद्ध रहेका  प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै साथ सहयोग आवश्यक रहेको प्रजिअ जोशीले बताए ।

उप- निर्वाचनको मिति नजिकिँदै गर्दा डोटीको पूर्वीचौकी गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ।

गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्ष पदका लागि मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ। पुर्वचौकी–६ को वडाध्यक्ष पदका लागि  एक जना महिलासहित ४ उम्मेदवार मैदानमा रहेका छन् । निर्वाचन आयोगले तोकेका आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् । वडाध्यक्ष पदमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारलाई अगाडी सारेका छन्।  निर्वाचन आयोगले उपनिर्वाचनका दिन अनुमतिबिना सवारी सधान सञ्चालन गरेको पाएमा २५ हजार रुपियाँ जरिवाना हुने जनाएको छ ।आइतबार आयोगले सहसचिव यही मङ्सिर १६ गते हुने उपनिर्वाचनको दिन अनुमतिबिनाका सवारी साधन सञ्चालन गरेको पाइए २५ हजार रुपियाँ जरिवाना तोकिएको जानकारी दिनुभयो

प्रचार प्रसार निषेध अवधि मंसिर १३ गते राती १२ बजेदेखि लागु हुने भएकोले उपनिर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबैमा अनुरोध गरे ।

साथै आईतबार बसेको बैठककले विभिन्न नौ वटा निर्णय समेत गरेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.