Sujang

समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडी बढ्नु पर्छ: राज्यमन्त्री साउँद

Ban
मंसिर ५ गते ,दिपायल  : जनताका समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडी बढ्नु पर्ने सुदूर पश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदले बताएकी छन् ।
Posan
बुधबार  दिपायलमा ब्यागस् अफ होप संस्थाले दिपायल सिलगढी नगरपालिकाका समस्याहरूलाई समेटेर तयार पारेको “डिकोडिङ दिपायल सिलगढी सरोज” पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
Krishi
पुस्तक हेर्दा सानो भए पनि नगरपालिकाका जनता समस्या धेरै भएकाले अहिले सम्म समाधान गर्न नसकेका समस्या सबै तहका सरकारले हातेमालो गरेर समाधानमा जोड दिनुपर्ने  बताइन् ।
त्यस्तै कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजी सिंह खड्काले देश बरबाद भयो भनेर सबैले भन्ने तर हामीले बनाएनौ भने कसले बनाउने भन्ने तर्फ पनि एक पटक सबैले सोच्न जरुरी रहेको बताएका छन् । सामाजिक सञ्जालमा जति सक्रिय हुनुहुन्छ त्यति मानिसहरु नेपाल निर्माण तर्फलागे देश सुनिश्चित बन्ने बताए  ।

 

छ पेजको रहेको “डिकोडिङ दिपायल सिलगढी सरोज” पुस्तकमा दिपायल सिलगढी नगरपालिका अन्तर्गतका सबै वडाको सडक, बाटोघाटो , खानेपानी ,पुल ,शिक्षा स्वास्थ्य लगायतका समस्यालाई समेटेर पुस्तक सार्वजनिक गरिएको छ ।

 

पुस्तक विमोचन कार्यक्रममा राजनीतिक दल , समाजसेवी ,व्यापारी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.