Sujang

पहिरोले क्षतीग्रस्त घर पुर्ननिर्माणका लागि दुई लाख सन्ताउन्न हजार हस्तान्तरण

Ban
Krishi

मंसिर ४ गते डोटी : अविरल बर्षाले पूर्णरूपमा क्षतीग्रस्त भएको के.आइ.सिंह गाउँपालिका वडा नं. ४ की भागादेवी धामीलाइ राहत स्वरूप नगद रकम सोमबार हस्तान्तरण गरिएको छ । स्थानीयबासिन्दाले संकलन गरेको चन्दा रकम दुइ लाख ५७ हजार आठ सय ७० रूपैयाँ हस्तान्तरण गरिएको स्थानीय आर्यन खड्काले जानकारी दिए ।

भागादेवी धामीको घर मिति २०८१ भदौ २६ गते राति आएको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। दुखद घटनाले धामी परिवारलाई घरबारविहीन बनाएको थियो। पीडित परिवारको घर पुनर्निर्माणका लागि स्थानीय समुदाय र युवाहरूले चन्दा संकलन अभियान सुरु गरेका थिए।

सो संकलित रकम सोमवार जेष्ठ नागरिक समाजसेवी इन्द्र सिंह खड्का र स्थानीय गाउँबासीहरूको उपस्थितिमा संयुक्त रूपमा भागादेवी धामीलाई हस्तान्तरण गरिको थियो।

सहयोग अभियानका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई आर्यन खड्काले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, उनले यस्ता पीडितहरूलाई भविष्यमा पनि सहयोग गर्ने आशा राखेका छन्।

यस अभियानले समाजमा एकता र सहयोगको भावना अझै बलियो बनाएको भन्दै गाउँबासीहरूले प्रशंसा गरेका छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.