धन बोहरा ,मंसिर ४ गते ,डोटी : सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग बन्द गराएका छन् ।
के आई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका दिपायल -डडेलधुरा अन्तर्गत शिखर नगरपालिका–८ मा सडक खण्डमा स्थानीयबासी तथा पीडित परिवारले सोमबार साझ ७ बजे देखि सवारी आवागमनमा रोक लगाएका हुन् ।
गत शनिवार.प.प्र. ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु थियो भने सोही दुर्घटनामा परी मोटरसाइकल चाललक प्रकेश विक घाइते भएका थिए।मृतक तथा घाईते परिवारले क्षतिपूर्तिको मांग गर्दै राजमार्ग अवरुद्ध बनाएका हुन् ।
राजमार्ग अवरुद्ध हुँदा डोटी, आछाम र बाजुराबाट धनगढी काठमाडौं जाने र जिल्ला भित्रीने सवारी साधन तथा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । यता प्रशासनले भने छलफलबाट समस्या समाधानका लागि पहल गरिरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले वार्ताका लागि पीडित पक्षलाई बोलाएको जनाएको छ।