दीपेन्द्र खड्का , मंसिर २ गते डोटी :डोटीको पुर्वीचौकी गाउँपालिका वडा नं.६मा अध्यक्ष पद कालागि चार दलले उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार नेपाली काङ्ग्रेसबाट मोहन थापा,नेकपा एमालेबाट देव थापा ,नेकपा माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकी कुमारी खड्का कुँवरले उम्मेदवारी दर्ता गराएका हुन्।
मुख्य निर्वाचन अधिकृतको रुद्र मणि गिरीका अनुसार तोकिएको समयमा चार दलले मनोनयन दर्ताको गरेको बताए ।
पालिकाको वडा नं.६ का वडाध्यक्ष पुष्पराज जोशीको २०७९ मङ्सिर १४ गते निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
१५९२ मतदाता रहेको वडामा यही मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ।