Sujang

जिपले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

Ban
Krishi

मंसिर १ गते ,डाेटी– डोटी जिल्लाको शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा शनिवार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको सेतो बोलेरो जिपले सु.प.प्र. ०३-००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक, डोटी दिपायल सिलगढी नगरपालिका वडा नं. १ सिर्खोलीका २७ वर्षीय प्रकेश बि.क. गम्भीर घाइते भएका छन्।

बि.क.लाई सुरुमा राजपुरस्थित सुजङ अस्पतालमा उपचार गरिएको थियो, तर अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।

प्रहरी टोलीले ठक्कर दिने बोलेरो जिपको खोजी गरिरहेको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.