Sujang

काँग्रेसले समन्वय प्रमुख कैलालीको उम्मेदवारमा टीका चौधरी भुललाई बनायो

मंसिर १ गते कैलाली : यही मंसिर १६ गते हुने उप -निर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुख पदका लागि हुने निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने भएको छ ।

कार्तिक १३ गतेका दिन नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिले जिल्ला समन्वय समिति कैलाली प्रमुखको उम्मेदवार धनगढी उपमहानगरपालिका वडा न.२ का वडा सदस्य केशवराज पन्त लाई बनाउने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले जुनसुकै स्थानीय तहको प्रमुख पदमा पुरुष भए उप-प्रमुख महिला अनिवार्य अर्थात पुरुष उप-प्रमुख रहेको ठाउँमा महिला प्रमुख अनिवार्य भन्ने परिपत्र गरेपछि आज बसेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको बैठकले नेपाली काँग्रेस जिल्ला कार्यसमिति कैलालीले सिफारिस गरेको कैलारी गाउँपालिका वडा न.२ का वडा सदस्य टीका चौधरी भुल लाई जिल्ला समन्वय समिति कैलाली प्रमुखको उम्मेदवार बनाउने निर्णय गरिएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश प्रबक्ता सुरत बहादुर रावत डोटेली कान्छाले बताउनु भयो ।

निर्णय पश्चात उम्मेदवार भुलाई नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरुले शुभकामना दिएका थिए । सो अवसरमा यस अघि समन्वय प्रमुखको उम्मेदवार बनाउने निर्णय गरिएका धनगढी उपमहानगरपालिका वडा न.२ का वडा सदस्य केशवराज पन्तले पार्टी धन्यवाद सहित आभार प्रकट गर्दै उम्मेदवार बन्नु भएकी भुललाई शुभकामना दिनु भएको थियो ।

 

जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधन पश्चात रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदमा यहि मंसिर १६ गते निर्वाचन हुँदैछ ।

Salmuni
Leave A Reply

Your email address will not be published.