Sujang

पुर्वीचौकी गाउँपालिकामा पाँच  दलले टुङ्ग्याए उम्मेदवार

दीपेन्द्र खड्का ,मंसिर १ गते, डोटी :आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि यहाँका राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् । पुर्वीचौकी गाउँपालिकामा हुने वडा अध्यक्ष पदको निर्वाचनका लागि पाँच दलले उम्मेदवारको टुङ्गो लगाएका हुन् ।
विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित पुर्वीचौकी गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष पुष्पराज जोशीको विसं २०७९  मङ्सिर १४ गते निधन भएको थियो । उक्त पदका लागि हुन लागेको उप निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा) र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन् ।
नेपाली काँग्रेसले मोहन थापा, नेकपा (एमाले)ले देव बहादुर थापा नेकपा (माओवादी केन्द्र)ले देवीलाल थापा, राप्रपाले लाेग बहादुर भण्डारी  र रा.स्व.पा पार्टीले जानकी कुमारी खड्का (कुँवर)लाई उम्मेदवार बनाएका हुन् ।
उम्मेदवार घरदैलो अभियानमा राजनीतिक दलले टुङ्गो लगाएका उम्मेदवारहरू जनतासँग भेटघाट तथा चुनावी अभियान लिएर घरदैलो कार्यक्रममा व्यस्त छन् । वडा अध्यक्ष पदमा निर्वाचित हुने रणनीतिसहित दलका उम्मेदवार र नेता कार्यकर्ता मतदातासँग भेटघाटमा निस्किएका हुन् । उम्मेदवारले मतदातासँग शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका क्षेत्रमा विकास गर्ने चुनावी प्रतिबद्धता लिएर मत माग्न थालेका छन् ।
Salmuni
Leave A Reply

Your email address will not be published.