Sujang

पुर्विचाैकी गाउँपालिकामा एमालेकाे ताला

Ban

दिपेन्द्र खड्का,कार्तिक २५ डाेटी:डाेटी काे पुर्वीचाैकी गाउपालिकाकाे कार्यालयमा ताला लागेकाे छ ।

पुर्वीचाैकी एमाले  ७२ घन्टे अल्टिमेटमकाे अवज्ञा गरेकाे भनी ताला लागाएकाे हाे ।

Krishi

यहि कार्तिक २० गते पुर्वीचाैकी एमालेले ७२ घन्टे अल्टिमेटम सहित ध्यानाकर्षण र विज्ञप्ति पत्र दिईएकाे थियाे ।

पुर्विचाैकी गाउपालिकाले मनाेमानि ढङ्गले शिक्षक  दर्बन्दिमिलान तथा शिक्षा सम्बन्धि कार्यविधि २०८० विपरीत कार्य  गरेकाे, पालिकाकाे बिकास निर्माणकाे बजेट आवश्यकता भन्दा बढी कर्मचारी भर्नागरि खर्च गरिएकाे,  २०७९ कार्तिक २२ गरे गएकाे विनाशकारी भुकम्पले प्रभावित क्षेत्रकाे पुनर्निर्माण तथा पुनस्र्थापना नगरि पालिकाकाे रकम विलासिताकाे सामान खरिद गर्न लागेकाे र पालिकामा रहेकाे १० सैयाकाे अस्पताल संचालन तथा संरक्षण  कृषि ,स्वास्थ्य ,पशुसेवा शाखा अतिआवश्यक अौषधि तथा सामाग्रि उपलब्ध नरहेकाे  लगायतका विषयमा  पटक पटक ध्यानाकर्षण गराउदा पनि कुनै पनि प्रतिक्रिया नदिएकाले ताला बन्दि गर्नु पर्ने बाध्यकारि परिस्थिति आएकाे नेकपा एमाले पुर्विचाैकीका नेता देव बहादुर खड्काले बताए ।

पालिकाकाे बिकास र जनअपेक्षा अनुसार कामहरु भैरहेकाे बताउदै आफू काम बिशेषले कैलाली गएकाे बेला पालिकामा ताला लागेकाेमा दुख पाेख्दै भाेलि पालिकामा पुगेर छलफल गरि समस्याकाे समाधान गराई नियमित कार्य गर्ने पालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए  ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.