Sujang

उपचारको क्रममा बालिकाको मृत्यु, तीन चिकित्सक प्रहरी नियन्त्रणमा

Ban
Krishi

खगेन्द्र सिंह,कात्तिक २२,डोटी : डोटीको सुजङ्ग अस्पतालमा उपचारको क्रममा एक बालिकाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका- ३ दिपायल बस्ने लोकेन्द्र भुलकी ९ वर्षकी छोरी रजनी भुलको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भुलको खेल्ने क्रममा लड्न गई बायाँ हात भाँच्चिई उपचारको लागि सुजङ्ग अस्पताल राजपुर डोटीमा ल्याई सामान्य उपचार पश्चात् बुधवार साँझ अप्रेसन गर्नका लागी अप्रेसन थ्रेटरमा राखेर बेहोस गर्ने क्रममा औषधीको रियाक्सनले बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

उपचारमा संलग्न तीनजना चिकित्सक लाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। चिकित्सकहरू डा.राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अबिशेक यादव प्रहरी नियन्त्रणमा लिएको हो।

बालिकाको उपचारका क्रममा मृत्यु भएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए। उनले अप्रेसनको तयारीका क्रममा प्रयोग भएको औषधीको रियाक्सनका कारण बालिकाको मृत्यु भएको हुन सक्ने बताए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.