Sujang

दार्चुलामा ४ लाख नगदसहित जुवाडे प्रक्राउ

दार्चुला : जिल्लाको महाकाली नगरपालीका-४ तिङ्करखेडाबाट ११ जना जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरूको साथबाट चार लाख दुई हजार ३६० रुपैयाँ समातेको हो।

प्रेम सिंह बुढाथोकीको आफ्नौ घरमा जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मार्दा ११ जना जुवाडे पक्राउ परेका हुन्।  प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले छापा मार्दा दिउँसो साढे तीन बजे जुवाखालबाट पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले बताए।

पक्राउ पर्नेमा जनप्रतिनिधि, व्यापारी र विभिन्न पेशाकर्मी रहेका छन्। प्रहरी स्रोतका अनुसार घरधनी प्रेम सिंह बुढाथोकीसहित ११ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.