Sujang

स्व.रैका राजनैतिक एवं सामाजिक आन्दोलनको ऐतिहासिक व्यक्तित्व हुन्  :पूर्व मुख्यमन्त्री भट्ट 

Ban
कार्तिक १७ गते ,कैलाली :राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका ऐतिहासिक क्रान्तिकारी योद्धा,एवं समरुपतावादी नेता स्व.चन्द्र बहादुर रैका को १९ औँ स्मृति दिवस धनगढीमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
Posan
चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट रहनुभएको थियो ।
१९ औ स्मृति दिवसको अवसरमा मानबसेवा आश्रममा रहेका असहाय बुवा आमा र बालबालिकालाई सामूहिक दिवा भोजन समेत गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट ले स्व. चन्द्र बहादुर रैका दलित समुदायको मात्रै नेता नभईकन हामी सबैको साझा सशक्त क्रान्तिकारी नेता भएको बताउनु भयो । पूर्व मुख्यमन्त्री भट्ट ले स्व रैका को बारेमा थप खोज अनुसन्धान हुनुपर्ने र उहाँको सपना हामी सबैले मिलेर साकार पार्नुपर्ने बताउँदै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
Krishi
 कार्यक्रममा  सुदूरपश्चिम सरकारका निवर्तमान राज्यमन्त्री टेक बहादुर रैका ले स्व चन्द्र बहादुर रैका शोषित पीडित जनताका लागि मरिमेट्ने एक सच्चा क्रान्तिकारी योद्धा भएको बताउनुभयो । उहाँले स्व.रैका ले अँगाल्नु भएको समरुपतावादी सिद्धान्त अहिले पनि महत्त्वपूर्ण र सान्दर्भिक रहेको विचार व्यक्त गर्नु हुँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगकी सदस्य मिना सोब ले चन्द्र बहादुर रैका दलित समुदायको ऐतिहासिक व्यक्तित्व भएकाले उहाँलाई राज्यले मरणोपरान्त भए पनि उचित सम्मान दिनुपर्ने बताउँदै श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा समाजवादीका नेता हर्क बहादुर पार्की,मानबअधिकार संरक्षण मञ्चका प्रदेश अध्यक्ष डिल्लीराज जोशी,मानव सेवा आश्रमका संयोजक आदर्श ढकाल,शिक्षक तेजसिंह सोनी लगायतकाले स्व रैका एक सच्चा देशभक्त ईमान्दार र दलित एवं सीमान्तकृत वर्ग समुदायका लागि सदा संघर्षशिल नेता भएको बताउँदै राष्ट्रियता लोकतन्त्र मानवअधिकार सामाजिक न्याय समानता र दलित मुक्ति आन्दोलनमा स्व.रैकाको अतुलनीय योगदान रहेको बताउँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

 कार्यक्रममा नेकपा माओवादीका नेता तिलक बहादुर सिंह,माओवादीका प्रदेश क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सचिव धर्म बिक,अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश उपाध्यक्ष मुकेश रैका,दलितका लागि दलित अभियानका प्रदेश अध्यक्ष सुरत भूल,राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष हिक्मत भूल,समाजसेवी लक्ष्मण बिक लगायतको सहभागिता रहेको थियो ।
चन्द्र-पशुपति रैका स्मृति प्रतिष्ठानका अध्यक्ष प्रेम बिकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका  सचिव राजेन्द्र रैका ले गरेका थिए ।
samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.