Sujang

डोटीमा बदेलको आक्रमणबाट एक युवकको मृत्यु

Ban
Krishi
कार्तिक १५ गते ,डोटीः डोटीमा बदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।

बडिकेदार गाउँपालिका-१ धामीगाउँ बस्ने २७ वर्षीय नविन बडेलाको बदेलको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बुधवार बडेला घर नजिकै मष्टदेवता सामुदायिक वनमा बाख्रा चराउदै गरेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गरेपछि गम्भिर घाइते भएका थिए। उनलाई उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.